Hamro Patra
बैधनाथ धाममा १४४ वर्षपछि लाग्ने कोटिहोमको तयारी अन्तिम चरणमा

टीकापुर, माघ २७

नेपालका चार धाम मध्येको एक सुदुरपश्चिम कै प्रमुख आध्यात्मिक क्षेत्र अछामको बैधनाथ धाममा १४४ बर्ष पछि लाग्ने कोटिहोमको तयारी अन्तिम चरणमा पुगेको छ ।

CMA Staff

पत्रकार सम्मेलन मार्फत आयोजकले आगामी फागुन १० देखि २५ गतेसम्म आयोजना हुने  बैधनाथ कोटिहोम महायज्ञ २०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

मुल आयोजक समितिका संयोजक शेरबहादुर कुँवरले देशैभर उपसमिति बनाएर तयारी भैरहेको बताए । महायज्ञमा झन्डै डेड करोड लागत लाग्नेछ भने दुई करोड बढी रकम संकलन हुने जनाइएको छ ।

महायज्ञको उद्घाटन  राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए । ५ वटा मण्डप रहने कोटीहोममा कथाबाचन प्रा .भबानी प्रसाद खतिवडाले गर्ने छन् ।

संयोजक कुँवरले महायज्ञको उद्घाटनमा २० हजार बढी स्थानीयको सहभागीता रहने छ ।  

महायज्ञको समय पारेर समिट एअरसंग धनगढी वा नेपालगन्जबाट उडानको ब्यबस्था समेत गरिने गरि छलफल भैरहेको आयोजकले जनाएको छ ।

कोटिहोममार्फत धर्म संस्कृतिको जगेर्ना तथा आन्तरिक तथा बाह्य पर्यटनलाई बढाउने उद्देश्य समितिले राखेको छ । यस्तै समितिले कोटिहोमबाट हुने आम्दानीबाट त्यहाँ आयुर्वेदिक अस्पताल संचालनमा ल्याउने समितिले योजना बनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update