Hamro Patra
सत्ती सामुदायिक वन: अध्यक्षका लागि ठकुल्ला र चौधरी मैदानमा

टीकापुर, माघ १८

कैलालीको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षका लागि जीतराम चौधरी र शेरबहादुर ठकुल्ला नेतृत्वका दुई प्यानल चुनावी मैदानमा होमिएका छन्।

कुनैबेला नेपालकै नमुना वन मानिने टीकापुर नगरपालिका वडा नं ७ सत्तीस्थित वनको का लागि चौधरी र ठकुल्ला प्यानल सहित मैदानमा उत्रिएका हुन् ।

Khadga Memorial And Janajagriti

समिति चयन प्रक्रियामा विवाद हुँदा १५ दिनदेखि हुन नसकेको निर्वाचन प्रक्रिया  सुरु भएको हो ।

चौधरीको प्यानलमा उपाध्यक्ष मन्जुदेवी चौधरी, कोषाध्यक्षमा अस्मिता ठकुल्ला र सहसचिवमा मोहनबहादुर रावल रहेका छन् । त्यस्तै सचिवमा चौधरी प्यानलका रामकृष्ण चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा साबिक धनसिंहपुर गाविस वडा नं २ बाट रमेश वादी, झरना दमाई, फूलकुमारी डगौरा थारु, नरायणपुर वडा नं ८ बाट गायत्री देवी स्वाँर, जसुदेवी बिष्ट, सन्तोष नेपाली, नारायणपुर वडा नं ७ बाट साधुराम चौधरी, दिलकुमारी पुनमगर रहेका छन् ।

चौधरीको प्यानलबाट नारायणपुर वडा नं ५ का प्रेमलाल श्रेष्ठ र जानकी कुमारी डगौरा थारु निर्विरोध निर्वाचित भइसकेका छन् ।य

यस्तै अध्यक्षका प्रत्याशी ठकुल्लाको प्यालनबाट उपाध्यक्षमा कला चलाउने धामी, कोषाध्यक्षमा राधाकुमारी जिसी र सह सचिवमा ओमलाल सुनार रहेका छन् ।

त्यसैगरी सदस्य पदका लागि साविक धनसिहपुर गाविस वडा नं २ बाट चेतना नेपाली, सेतबहादुर साउँद, गंगा बिक रहेका छन् । नारायणपुर वडा नं ८ बाट शारदा स्वाँर, नन्दादेवी साउँद, भीमबहादुर चौधरी, नारायणपुर वडा नं ७ बाट मोसिया डगौरा थारु र मंगलबहादुर पुनमगर चुनावी मैदानमा रहेका छन् ।

बेतबासका लागि प्रख्यात मानिएको सामुदायिक वनमा १ हजार २ सय भन्दा बढी उपभोक्ता छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update