श्रीमानले चलाएको गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
टीकापुर, माघ १८
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा श्रीमानले चलाएको हाइसको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका वडा नं. १० शिशैया हरपालकी ४० वर्र्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो । ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेशको ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा ठक्करबाट मञ्जु घाइते भएकी थिइन् ।
उनीहरू दम्पती रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
असावधानीका कारण श्रीमानले चलाएको गाडीले उनको मृत्यु भएको भए पनि दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० २०:०२
प्रतिक्रिया दिनुहोस्