Hamro Patra
शौचालय निर्माणमा नगरपालिका र स्थानीयबिच सहमति

टीकापुर, माघ १७
टीकापुर नगरपालिका वडा नं. १ भानुचोकमा सार्वजनिक शौचालय निर्माण गर्न दुई पक्षबिच सहमति भएको छ ।

टीकापुर नगरपालिका र स्थानीयले सहमति पत्रमा हस्ताक्षर गरेका छन । नगरपालिकाका तर्फबाट नगर प्रमुख रामलाल डगौरा थारु र स्थानीयका तर्फबाट स्थानीय जनक बिष्टले सहमति पत्रमा हस्ताक्षर गरेका छन । सहमति पत्रमा नगरपालिकाका तर्फबाट वन वातावरण तथा सरसफाई उपशाखाका प्रमुख लोकबहादुर बुढा र स्थानीयका तर्फबाट उमेश तुलाचन साक्षी बसेका छन ।

CMA Staff

सहमति पत्रमा पहिलो र दोस्रो पक्षका लागि छ वटा बुँदा उल्लेख गरिएका छन । सहमति अनुसार नगरपालिकाले शौचालय र आसपासको क्षेत्रमा दैनिक सरसफाई गर्ने, हाल रहेको सेफ्टी ट्यांकीको अध्ययन गरी आवश्यकता अनुसार मर्मत वा नयाँ निर्माण गर्ने, वाईफाई र सिसी क्यामेरा जडान गर्ने र स्थानीयसँगको सहकार्यमा निर्माण कार्य अघि बढाउने उल्लेख छ ।

त्यस्तै स्थानीयले शौचालय निर्माणमा अवरोध नगर्ने र शौचालय निर्माण सम्पन्न भएपछि सरसफाई कार्य, क्यान्टिन सञ्चालन र रेखदेखको जिम्मा लिने सहमति पत्रमा उल्लेख छ ।

केही दिन अघि नगरपालिकाले पुरानो शौचालय भत्काएर नयाँ शौचालय निर्माण गर्न खोजपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोधपछि शौचालय निर्माणको काम अवरुद्ध भएको थियो ।

शौचालय निर्माणको काम अवरुद्ध भएपछि दुई पक्षले सहमति जुटाएका हुन । एशियाली विकास बैंकको २० लाख आर्थिक सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिने नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update