Hamro Patra
संघले बाँड्यो चोक चोकमा दाउरा

टीकापुर, माघ १३

कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घले जाडोलाई लक्षित गर्दै टीकापुर बजारका मुख्य चोकहरूमा दाउरा वितरण गरेको छ।

Khadga Memorial And Janajagriti

केही दिन यता बढिरहेको चिसोका कारण आम सर्वसाधारणलाई राहत होस् भन्नका लागि संघले दाउरा वितरण गरेको हो।

सामुदायिक वनहरूसँगको सहकार्यमा सङ्घले टीकापुर बजारका मुख्य चोक, जमरापारी लगायतका क्षेत्रमा दाउरा वितरण गरेको हो।

संघले दाउरा वितरण गरेपछि सर्वसाधारणलाई सहज भएको वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले बताए । 

'बजारमा आउने ग्राहक र सर्वसाधारणलाई सहज होस् भन्नका लागि दाउरा वितरण गरेका हौं' वरिष्ठ उपाध्यक्ष खड्काले भने 'केही सामुदायिक वनसँगको सहकार्यमा दाउरा वितरण गरिएको हो।' 

केही दिनअघि टीकापुर महोत्सव २०८० सम्पन्न गरेको उद्योग वाणिज्य संघले चोकचोकमा दाउरा वितरण सर्वसाधारणलाई राहत भएको हो ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update