Hamro Patra
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी
  • धनगढी, माघ ११

सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन्।

Khadga Memorial And Janajagriti

सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार रहेका नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट ४ हजार ४१९ अन्य बाट बलदेव बोहरा ४ हजार ३२८ र महिलामा नेकपा माओवादी केन्द्रका रेणु चन्द ४ हजार ४५३ मत प्राप्त गरी विजयी भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अपाङ्गता तर्फबाट कैलालीका रामचन्द्र जोशी १ हजार ५७१, महिलामा कैलालीकै सावित्री घिमिरे १ हजार ५७१ र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल १ हजार ६९६ प्राप्त गरेका छन । 

निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल १८ हजार १८२ खसेकोमा ९१ मतभार भने बदर भएका छन्। 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update