राष्ट्रिय सभा निर्वाचन शुरु मतदान
काठमाडौं, माघ ११
राष्ट्रिय सभा सदस्य निर्वाचन आज हुँदैछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ। फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो ।
त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्। राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख-उपप्रमुख, र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष मतदाता हुनेछन् । निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन् ।
कोशीमा ३६७, मधेशमा ३७४, बागमतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कणर्ालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचनका लागि सातै प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र स्थापना गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० ०९:०१
प्रतिक्रिया दिनुहोस्