Hamro Patra
पार्टीको खोल ओढेर गद्दारी गर्नेलाई कारवाही गर्नुपर्छ–डा. राणा

टीकापुर, मंसिर ४
काँगे्रेस नेतृ डा. आरजु राणा देउवाले पार्टीको खोल ओढेर गद्दारी गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताएकी छन । टीकापुरमा बुधवार (आज) कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही त्यस्ता व्यक्तिका कारण पार्टीले पराजय भोग्नु परेको बताईन ।

उनले केही व्यक्तिका कारण तमाम नेता कार्यकर्ताको मेहनत खेर जाने गरेको बताउँदै त्यसले सम्पूर्ण नागरिकले दुःख पाएको उल्लेख गरिन ।

Khadga Memorial And Janajagriti

उनले अस्थिर राजनीतिक अवस्थालाई चिरेर बनेको वर्तमान सरकारले देश र जनताका लागि राम्रो गर्ने अपेक्षा भएपनि त्यस्तो काम गर्न नसकेको बताईन । उनले वर्तमान सरकारले जनतालाई दुःख दिने बाहेक अरु काम गर्न नसकेको आरोप लगाईन ।

‘यो सरकारले राम्रो गरोस् भन्ने चाहना थियो तर गर्न सकेन’ उनले भनिन्–‘अबका दिनमा समेत राम्रो काम गर्ने लक्षण देखिदैन ।’
उनले सरकारले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उल्टै अपराधमा संलग्नको संरक्षण गर्ने गरेको बताईन ।

उनले टीकापुर घटनालाई कसैको उक्साहटमा गरिएको एउटा दुःखद अध्याय बताउँदै त्यस्ता उक्साहटमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिईन । उनले वर्षौदेखी मिलेर बसेको समाजलाई लडाउनेहरुलाई चिन्न जरुरी रहेको बताईन ।

उनले समाजमा सबै जातजाति मिलेर बसे मात्रै शान्ति र सदभाव कायम हुने बताउँदै शान्ति र सद्भावले मात्रै विकास सम्भव भएको बताईन । ‘द्वन्द्वले समाजलाई अघि बढ्न दिँदैन’ उनले भने–‘सबै मिले मात्रै हरेक कुरा सम्भव छ ।’ उनले सबैमा हामी पहिले नेपाली हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिईन ।

सो अवसरमा काँग्रेस केन्द्रिय सदस्य इश्वरी न्यौपाने, सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, महासमिति सदस्य फकिरसिँह कडायत लगायतले बोलेका थिए । क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारीको सभापतित्वमा भएको कार्यक्रम नगर सचिव मोतिराम भण्डारीले सञ्चालन गरेका थिए ।

आजै नेतृ राणाले कैलालीको जोशीपुरमा समेत पार्टीका नेता कार्यकर्ताहरुलाई भेट्ने कार्यक्रम छ । उनी केही समयदेखी कैलालीका विभिन्न कार्यक्रमहरुमा संलग्न रहेकी छन ।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update