Hamro Patra
तरुण दल जानकीले गर्यो निःशुल्क कपडा बैंक सञ्चालन

टीकापुर, माघ ५

कैलालीको टीकापुरमा नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल जानकी गाउँपालिका समितिले आजदेखि निःशुल्क कपडा बैंक सञ्चालनमा ल्याएको  छ ।
लुगाको अभावमा कसैले जाडोको समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले तरुण दलले असहाय, विपन्नहरुलाई लक्षित गर्दै टीकापुर बहुमुखी क्याम्पस अगाडि निःशुल्क कपडा बैंक सञ्चालन गरेको हो ।

Khadga Memorial And Janajagriti

आज एक कार्यक्रमका बीच नेपाली काँग्रेस जानकी गाउँ शाखा सभापति गणेशराज रेग्मीले उद्घाटन गरेका हुन् ।

निःशुल्क कपडा बैंकमा आएर आवश्यक परेका लुगा, जुत्ता, बालबालिका, महिला र पुरुषहरुका कपडाहरु लिन सकिने व्यवस्था गरिएको तरुण दल जानकीका अध्यक्ष निराजन विक्रम शाहले जानकारी दिए ।

'असहाय र विपन्न नागरिकलाई लक्षित गर्दै हामी यो जाडोयाम भरि नै निःशुल्क कपडा बैंक सञ्चालन गर्छौं, आवश्यक हुनेले आएर लिन सक्नुहुन्छ’ अध्यक्ष शाहले भने 'आफूसँग रहेका नयाँ, पूराना लुगाहरु समेत कपडा बैंकमा दिन सकिनेछ, हाम्रो लुगाले सबैलाई न्यायो पुगोस् भनेर हामीले बैंक सञ्चालनमा ल्याएका हौं ।’

उनले कपडा बैंक सञ्चालनको पहिलो दिन नै १५ जनाले निःशुल्क कपडा लिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update