Hamro Patra
पेचिलो बन्दै कर्मचारी भर्नाको निणर्यः फिर्ता लिन छ राजनीतिक दलको माग

टीकापुर, माघ ५

ऐन, कानुन मिचेर मनोमानी ढंगले १८ जना कर्मचारी भर्ना गर्ने टीकापुर नगरपालिकाको निणर्य थप पेचिलो बन्दै गएको छ ।

नगरपालिकाको कार्यपालिकाका उपप्रमुख सहित ११ सदस्यहरुले उक्त निणर्य फिर्ता लिन माग गरेकै नगर प्रमुख र प्रशासकीय अधिकृतले मनोमानी भोलिपल्ट टीकापुरस्थित छ वटा राजनीतिक दलले समेत उक्त निणर्य फिर्ता लिन माग गरेपछि उक्त विषय थप पेचिलो बन्दै गएको हो ।

टीकापुर नगरपालिकाले कार्यपालिकाको बैठकबाट दुई चरणमा भर्ना गरेका १८ जना कर्मचारीको निणर्य तत्काल फिर्ता लिन टीकापुरस्थित ६ राजनीतिक दलले माग गरेका छन् ।

CMA Staff

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा नगरपालिकाको कार्यविधि विपरीत विना प्रतिस्पर्धा मनोमानी ढंगले कर्मचारी भर्ना गरिएको निणर्य फिर्ता लिन संयुक्त विज्ञप्ति प्रकाशित गरी माग गरेका हुन् ।

उक्त निणर्य तत्काल फिर्ता लिन माग गर्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रकाश शाह, नेकपा माओवादी केन्द्रका सुरेन्द्र देउकर, राष्टिय स्वतन्त्र पार्टीका रवीन्द्र विष्ट, राष्टिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर, नेकपा एकीकृत समाजवादीका रंगप्रसाद अधिकारी, नेपाल समाजवादी पार्टीका दीपक बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त निणर्य फिर्ता नभए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा 'गैरकानुनी हर्कत र दीर्घकालीन असर गर्ने निणर्यहरु अबिलम्ब फिर्ता लिन, विद्यमान ऐन, कानुन अक्षरसः पालना गर्न नगर प्रमुखज्यूलाई हामी आग्रह गर्दछौं, अन्यथा पालिका विरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुनेछौं’ भनिएको छ ।

'स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ को उपदफा ६ मा स्थानीय तहको सेवा सञ्चालनको लागि स्थानीय दरबन्दी सिर्जना गर्न सकिने छैन भन्ने स्पष्ट व्यवस्था भएको साथै सोही ऐनको उपदफा ८ मा गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवारी चालक एवं कार्यालय सहयोगी, प्लम्बर, इलेक्टिसियन, चौकीदार, माली र सरसफाई सम्बन्धी पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाका आधारमा सेवा करारबाट मात्र लिनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ 'सो बाहेकका अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न पाइने छैन भनी स्पष्ट कानुनी व्यवस्था भएको हुँदाहुँदै टीकापुर नगरपालिकाले मिति २०८० पौष २१ र मंसिर २५ तथा २६ गतेको कार्यपालिकाको निणर्य पुस्तिकामै सोझै नामै किटान गरेर कार्यपालिकाको बैठकबाट नियुक्त गरी बिना प्रतिस्पर्धा विभिन्न श्रेणी स्तरका पदमा समेत कर्मचारी छनौट गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नगरपालिकाले मंसिर २५ र २६ गते ११ जना सरसफाई कर्मचारी तथा पौष २१ गतेको कार्यपालिका बैठकबाट थप ७ जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेको हो । ७ जना कर्मचारीमा एक असिस्टेण्ट सव-इञ्जिनियर, एकजना पाँचौं तह सहायक र पाँच जना कम्प्युटर अपरेटरमा भर्ना गरिएका छन् ।

हिजो मात्रै नगरपालिकाको कार्यपालिकाका ११ जना सदस्यहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त निणर्य सच्याउन भनेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update