Hamro Patra
टीकापुर महोत्सवको आठौं दिन आज शान्ति श्री सहितको प्रस्तुती

टीकापुर, माघ ५

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको टीकापुर महोत्सव २०८० को आठौं दिन आज चर्चित गायिका शान्ति श्री परियारसहितका कलाकारहरुको प्रस्तुती रहेको छ ।

Khadga Memorial And Janajagriti

गायिकाका परियारका अरेली काँडैले चस्सै, बोल माया बोल जस्ता चर्चित गीतहरु रहेका छन् ।

आयोजक संघले दिएको जानकारी अनुसार शुक्रवारका दिन गायिका परियार, मोडल तथा कलाकार अस्मिता पुरी, आर.के. थारु, हाँस्यकलाकार हेमराज अधिकारी खन्ट्याखलास को प्रस्तुती रहने छ ।

महोत्सवमा स्थानीय कलाकारहरु, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरु रहेको संघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update