किसान बहुउद्देश्यीय सहकारीको अध्यक्षमा दोहोरिए शाह
टीकापुर, माघ ४
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउदेश्यीय सहकारी संस्थाको नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ ।
केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।
पौष २७ गतेदेखि लम्कीमा शुरु भएको संस्थाको २९ औं साधारण सभाले अध्यक्षमा सुरेन्द्र शाह लगायत कार्यसमिति र लेखा समिति र्निविरोध चयन गरेको थियो ।
संस्थाको २९ औं साधारण सभाका निर्वाचन अधिृकत विष्णुप्रसाद खनालले दिएको जानकारी अनुसार संस्थाको उपाध्यक्षमा टीकेन्द्र थापा, सचिवमा लोकराज तिमिल्सैना, कोषाध्यक्षमा मयाराम धमाला, सहसचिवमा दिनेश कुमार चलाउने, सदस्यहरुमा पतिराम चौधरी, जयरुप बुढा, मनिराम न्यौपाने, सरोजकुमार शाह, चन्द्रा सिंह, निरबहादुर शाह र्निविरोध निर्वाचित भएका थिए ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा नृपवहादुर कुँवर, सदस्यमा देवानन्द जैशी बजगाई र कृष्णबहादुर रावल र्निविरोध निर्वाचित भएका छन । त्यस्तै सहकारीको जिल्ला प्रतिनिधिमा नमराज उपाध्याय समेत र्निविरोध र्निवाचित भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १८:०१
प्रतिक्रिया दिनुहोस्