Hamro Patra
राष्ट्रिय वाणिज्य बैंकको तेस्रो तलाबाट खसेर मृत्यु

टीकापुर, मंसिर ३
कैलालीको लम्कीस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको भवनको तेस्रो तलाबाट खसेर गएराति एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका, पस्तीका अन्दाजी ४५ वर्षका दयाकृष्ण पन्त रहेको इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनी सोही बैंकमा कार्यालय सहयोगी पदमा करारमा कार्यरत रहेको बताईएको छ ।

Khadga Memorial And Janajagriti

प्रहरीका अनुसार उनी बैंक रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए । उनी राति करिव ९ बजेतिर छतबाट खसेको बताएको छ । छतबाट खसेर घाईते भएका पन्तलाई सोही बैंकका सुरक्षागार्ड र प्रहरीले उपचारका लागि स्थानीय लालरत्न अस्पतालमा पु¥याएका थिए ।

सो अस्पतालमा उपचार हुन नसकेपछि घाईते पन्तलाई थप उपचारका लागि टीकापुर अस्पताल रिफर गरिएको थियो । उनको टीकापुर अस्पताल पु¥याउन नपाउँदै मृत्यु भएको प्रहरी निरिक्षक चन्दले जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update