Hamro Patra
टीकापुर महोत्सवमा आज रचना रिमालसहितको प्रस्तुती

टीकापुर, पौष २८

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा हिजोदेखि शुरु भएको टीकापुर महोत्सव २०८० मा आज चर्चित गायिका रचना रिमालसहितका कलाकारहरुको प्रस्तुती रहेको छ ।

Khadga Memorial And Janajagriti

गायिकाका रिमालका फोटो फिरिममा, उनको प्रिती पहिले हो कि ?, एकचिम्टी सिन्दुर, सुन पियारी, पानी मिठो, रुमाल चिना जस्ता चर्चित गीतहरु रहेका छन् ।

आयोजक संघले दिएको जानकारी अनुसार शनिवारका दिन गायिका रिमाल, मोडल तथा कलाकार रमेश चन्द सोडारी, कल्पना कुशुम, सपना शाही र खुशी रत्गैयाको प्रस्तुती रहने छ । महोत्सवमा स्थानीय कलाकारहरु, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरु रहेको संघले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update