दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो
टीकापुर, पौष २८
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८० ०६:०१
प्रतिक्रिया दिनुहोस्