Hamro Patra
दुई मुक्तक
Khadga Memorial And Janajagriti

जसरी हावाले आफ्नो वेग, छिनछिनमा बदल्ने गर्छ
निभ्नेबेला भयो भने, दियो पनि धिपिक्क बल्ने गर्छ
म सवालजवाफ गर्दिनँ, संसार चलेको छ कसरी ?
यहाँ जीवनका हरघडीहरु, स्वार्थै स्वार्थले चल्ने गर्छ ।

मलाई ब्यूझाउँने हरबिहानीको संकेत, शुभ थिएन
आँसुले लुछुप्पै भइदिने सिरानीको संकेत, शुभ थिएन
जिन्दगीले बारबार पछार्ने गर्छ, जिउने बहानामा
घाउ भएर दुखिरहने निसानीको संकेत, शुभ थिएन ।

©निर्दोष डेबिट
टीकापुर, कैलाली

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update