Hamro Patra
संघले राखेका मागप्रति गम्भीर ध्यानाकर्षण भएको छः उपप्रधानमन्त्री खड्का

टीकापुर, पौष २७

उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले टीकापुर क्षेत्रबासीका तर्फबाट राखिएका मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

Khadga Memorial And Janajagriti

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८० को उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् । संघले टीकापुर क्षेत्रको समग्र विकास निर्माणका लागि विभिन्न ७ बुँदे माग राखेको थियो ।

'खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना, निर्माण भइरहेका आयोजनाहरु सम्पन्नका लागि बजेट व्यवस्थापन, चिसापानी जंगलघाट सडक लगायतले संघले राखेका मागप्रति सरकारका तर्फबाट गम्भीर ध्यानाकर्षण भएको छ’ रक्षामन्त्री समेत रहेका खड्काले भने 'नेपाली सेनाको ब्यारेक स्थापना गर्नका लागि जग्गा छुट्याउने प्रक्रिया पहिले नै भएका हुँदा उक्त माग समेत तत्काल सम्बोधन गर्नेछौं तर त्यसका लागि सेनाका नाममा लालपूर्जा जरुरी हुन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले थुपै्रै सम्भावना बोकेको सुदूरपश्चिम प्रदेश र कणर्ाली प्रदेशलाई विकासका मुल प्रवाहमा जोड्न सरकारले राष्टिय गौरबका आयोजनाहरु अघि सारेको बताए ।

'हालै मात्रै १० हजार ८ शय मेगावाटको कणर्ाली विद्युत परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निणर्य सरकारले गरेको छ’ मन्त्री खड्काले भने 'पश्चिम सेती आयोजना, रानी, जमरा, कुलरिया सिँचाइ आयोजना, पञ्चेश्वर लगायतका योजना फास्ट ट्याकबाट सम्पन्न गर्नेतर्फ सरकार गम्भीर भएर लागिरहेको छ ।’

सुदूरपश्चिम मात्रै नभएर समग्र देशको आर्थिक विकासमा टेवा पुर्याउने गौरबका आयोजनाले सुदूर र कणर्ाली प्रदेशलाई समृद्ध बनाउने मन्त्री खड्काले बताए ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ललिता सुनार, पूर्वअध्यक्ष नवराज रावल, वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update