Hamro Patra
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

टीकापुर, पौष २७

टीकापुर घटनाका मुख्य दोषी भएर सरकारबाट आममाफी पाएका रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

CMA Staff

टीकापुरमा जारी पार्टीको प्रथम अधिवेशनले पार्टीका संरक्षक रहेका चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

यसअघि चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष रहेकी थिइन् । अधिवेशनमा निर्धारित समयमा रेशमलाल चौधरीको मात्रै उम्मेदवारी परेको जनाइएको छ ।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update