Hamro Patra
संघद्धारा ७ बुँदे माग

टीकापुर, पौष २७

टीकापुरमा आजदेखि शुरु भएको टीकापुर महोत्सव २०८० का प्रमुख अतिथि एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्कासमक्ष संघले सात बुँदे माग राखेको छ ।

CMA Staff

महोत्सवको उद्घाटन समारोहमा उपप्रधानमन्त्री खड्कालाई संघले ७ बुँदे माग राखेको हो ।

मुख्य मागहरु यसप्रकार छन् ।

१. नेपाल भारत सीमावर्ती खक्रौलास्थित सत्ती भन्सार कार्यालयलाई ल्याबसहितको क्वारेन्टाइन स्थापना ।
२. सुदूरपश्चिम र कणर्ाली प्रदेशका पहाडी जिल्ला जोड्ने सडक मार्गका रुपमा रहेको चिसापानी, कुइने, अछाम सडकको समयमा सम्पन्न गर्नका लागि आवश्यक पहल गरियोस् ।
३. पछिल्लो समय तिब्र रुपमा विकास भइरहेको केराखेतीका लागि प्रसिद्ध टीकापुरलाई केराको पकेट क्षेत्र घोषणा गरियोस् ।
४. कणर्ाली नदीको सनकट्टी घाटमा निर्माण शुरु भइरहेको कणर्ाली नदीको पुल निर्धारित समयमै सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गरियोस् ।
५. कणर्ाली नदीको कटान रोक्नका लागि आवश्यक स्थानहरुमा तटबन्धन गरियोस् ।
६. टीकापुर क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक पहल गरियोस् ।
७. ऐतिहासिक टीकापुर पार्कलाई राष्ट्रिय महत्वको संग्रहालयको रुपमा विकास गरी नेपाल सरकारले अभिभावकको भूमिका निर्वाह गरियोस् ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update