सुदूरपश्चिम प्रदेशमा चार समितिको मनोनयन दर्ता
टीकापुर, पौष २४
सुदूरपश्चिम प्रदेश सभाको विषयगत चार समितिको सभापति पदमा मनोनयन दर्ता भएको छ । सत्तापक्षको साथले प्रतिपक्षी दल नेकपा एमालेका विरबहादुर थापाले सार्वजनिक लेखा समितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तापक्षका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले समर्थन दिएपछि थापाले सभापति पदमा मनोनयन दर्ता गराए ।
प्रदेशको विधायन तथा प्रदेश मामिला समितिमा सभापतिका लागि दिवानसिंह विष्ट, सामाजिक विकास समितिमा माया पन्त र अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्या चौधरीले दर्ता गराएका हुन् ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १६:०१
प्रतिक्रिया दिनुहोस्