Hamro Patra
टीकापुर अस्पतालको फार्मेसीमा औषधी परामर्श कक्ष

टीकापुर, पौष २४

कैलालीको टीकापुरस्थित टीकापुर अस्पतालले सञ्चालन गर्दै आएको फार्मेसीमा औषधी परामर्श तथा सूचना कक्ष सञ्चालन गरिएको छ ।

एक सातादेखि अस्पतालको फार्मेसीमा आउने बिरामीका लागि औषधिको प्रयोग सम्बन्धी परामर्श दिन सूचना कक्ष सञ्चालनमा ल्याइएको फार्मेसीका इञ्चार्ज फार्मा डी डाक्टर जनक शाहीले बताए ।

Khadga Memorial And Janajagriti

फार्मेसीमा पाँचवटा औषधी बिक्री काउन्टर बनाइएको शाहीले बताए । शाहीका अनुसार काउन्टर ‘क’ बाट आकस्मिक कक्षका बिरामी, शैया भर्ना भएका, शल्यक्रिया र आइसियूमा भर्ना भएका बिरामीलाई औषधि दिने व्यवस्था मिलाइएको छ ।

यसैगरी, काउन्टर ‘ख’ बाट ओपिडी र पैसा तिरेर औषधी लिन मिल्ने र बाँकी तीन काउन्टरबाट स्वास्थ्य बीमा र सामाजिक सुरक्षा उपभोग गर्ने बिरामीलाई औषधी वितरण गर्ने व्यवस्था मिलाइएको शाहीले बताए ।

फार्मेसीमा रहेको औषधी परामर्श तथा सूचना कक्षमा वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका बिरामीहरूलाई औषधीको प्रयोग सम्बन्धी परामर्श दिन थालिएको शाहले बताए ।

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालमा आउने बिरामीलाई सहज रुपमा औषधी र औषधीको प्रयोगबारे जानकारी दिने उद्देश्यले कक्ष सञ्चालन गरिएको बताए ।

‘खासगरी वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका विरामीहरुलाई औषधीको प्रयोगले गर्ने असर र प्रभावका बारेमा जानकारी दिने उद्देश्यले कक्ष सञ्चालन गरिएको हो’ अध्यक्ष सोडारीले भने ‘यसले फार्मेसीबाट उपलब्ध हुने औषधी वितरणमा समेत सहजता ल्याउनुका साथै गुणस्तरीय सेवा प्रवाहमा मद्दत पुग्नेछ ।’

विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको टीकापुर अस्पतालमा दैनिक ६ शय बढी बिरामीहरु आउने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update