Hamro Patra
सुदूरपश्चिमसँग कर्णाली पराजित

सुर्खेत, पौष २३

सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग कर्णाली पराजित भएको छ । सोमबार भएको सुदूरपश्चिम र कर्णालीको खेलमा सुदुरपश्चिमले कर्णालीलाई पराजित गरेको हो ।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिमले पहिलो सेट २५-२१ ले जित हात पार्दा दोस्रो सेट भने कर्णालीले २५-२१ ले नै खेल आफ्नो पक्षमा फर्काएको थियो । त्यसपछिका दुई सेट सुदूरपश्चिमले २५-१८ र २५-२३ ले नतिजा हात पारेको थियो । यसअघि भएको खेलमा सुदूरपश्चिम आर्मी र गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

आजै भएको अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो । तीनवटै विभागीय टोली आर्मी, नेपाल प्रहरी, साबिक विजेता एपीएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update