Hamro Patra
राष्ट्रिय सभा निर्वाचनः छ जनाले गराए मनोनयन दर्ता

टीकापुर, पौष २३

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका छ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

CMA Staff

नेपाली काँग्रेसबाट डडेल्धुराका बलबहादुर बोहरा (अन्य), कैलालीका नारायणदत्त भट्ट (अपाङ्ग तथा अल्पसंख्यक) तथा नेकपा माओवादी केन्द्रबाट महिलामा बैतडीकी रेणु चन्दले मनोनयन दर्ता गराएका हुन् ।​

धनगढीस्थित राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

अल्पसंख्यक तथा अपाङ्गतातर्फ कैलालीका रामचन्द्र जोशी, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र महिलातर्फ कैलालीकी सावित्रा घिमिरेले मनोनयन दर्ता गराएका हुन् ।

आगामी फागुनमा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी ‘उत्सव’ र महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदै छ । अब हुने राष्ट्रिय सभा निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा माओवादीले एक सिट गुमाउने भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update