५ किलो चरेसहित वृद्ध पक्राउ
टीकापुर, पौष २३
प्रहरीको टोलीले कञ्चनपुरबाट पाँच किलो चरेसहित एक वृद्धालाई पक्राउ गरेको छ।
नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले भीमदत्त नगरपालिका वडा नं ३ बाट ६३ वर्षीया नरबहादुर धामीलाई पक्राउ गरेको हो।
पक्राउ परेका धामीबाट पाँच किलो १०४ ग्राम चरेस बरामद गरिएको छ। बझाङ जिल्लाको केदारेश्वर गाउँपालिका वडा नं ६ का धामी विगत लामो समयदेखि लागू औषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
धामीलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी, वडा प्रहरी कार्यालय, लागू औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको जनाइएको छ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० ०६:०१
प्रतिक्रिया दिनुहोस्