Hamro Patra
गुडीमुन्टेले दियो देउसी भैलीको रकम बेसहारालाई

टीकापुर, कात्तिक १७
गुडीमुन्टे जोडी र टीकापुर अनलाइन टिभीले देउसी भैलीबाट संकलित रकम टीकापुर नगरपालिका–२ राजीपुरस्थित ‘मेरी आमा’ का बालबालिकालाई सहयोग गरेको छ ।

उनीहरुले देउसी भैलीबाट संकलित ७७ हजार ६७८ रुपैयाँबाट बालबालिकाहरुका लागि न्यानो लुगा र ओढ्ने ओछ्याउने सामाग्री एक कार्यक्रमकाबीच सहयोग गरेका छन ।

Khadga Memorial And Janajagriti

गुडीमुन्टे जोडीका संयोजक राजेन्द्र विकको अध्यक्षतामा भएको सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका–२ का वडाध्यक्ष प्रकाश बुढाथोकी रहेका थिए । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष बुढाथोकीले बालबालिकालाई वडा कार्यालयले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो कार्यक्रमका विशिष्ट अतिथि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले युवाहरुले समाजका लागि सकारात्मक सन्देश दिएको बताए । उनले हरेक युवाहरुले समाजका लागि आ–आफ्नो क्षेत्रबाट रचनात्मक कार्य गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावल र मेरी आमाकी सञ्चालिका दिव्या प्रेयसीले समेत युवाहरुको सकारात्मक कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गुडीमुन्टे जोडीका झलनाथ खनालले व्यक्त गरेका थिए ।

मेरी आमामा १० जना बेसहारा बालबालिका बस्दै आएका छन । अभिभावक ती बालबालिकाहरुलाई दिव्या प्रेयसीले लालनपालन गर्दै आईरहेकी छन ।

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update