टीकापुर, पुष १५
टीकापुर जेसीजको अध्यक्षमा रुपकबहादुर बिष्ट निर्वाचित भएका छन । वर्ष २०२३ का महासचिव रहेका बिष्ट वर्ष २०२४ का लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
त्यस्तै दुईजना कार्यकारी उपाध्यक्ष र चार जना उपाध्यक्षहरु समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य पृथ्वीराज ढुंगानाले जानकारी दिएका छन । कार्यकारी उपाध्यक्षमा सुशील भट्टराई र लालबहादुर चौधरी निर्वाचित भएका छन भने उपाध्यक्षमा चक्र चन्द सोडारी, तारासिँह बम, टेकेन्द्र सिँह बिष्ट (मानस) र बलबहादुर ठकुल्ला निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष बिष्टले आफ्नो सल्लाहकारमा कमलराज सुवेदी र कानूनी सल्लाहकारमा शंकर बोगटीलाई मनोनित गरेका छन । त्यस्तै उनले महासचिवमा भरत भण्डारी, कोषाध्यक्षमा पदमबहादुर शाही, सचिवमा सुनिल चौधरी र जनसम्पर्क अधिकारीमा लिखराम चौधरीलाई मनोनित गरेका छन ।