Hamro Patra
स्वास्थ्यमन्त्री बस्नेतले गरे गेटाको अनुगमन

धनगढी, पौष १५

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले कैलालीको गेटामा निर्माणाधीन संचरनाको अनुगमन गरेका छन् ।

CMA Staff

उनले गेटामा अवस्थित शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका हुन् । आइतबार विहान अनुगमन गर्दै मन्त्री वस्नेतले गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन आवश्यक रहेको बताए ।

उनले अन्य क्षेत्रबाट चिकित्सकहरु सुदूरपश्चिममा आउन नमान्ने अवस्था देखिएकाले मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा जनशक्ती उत्पादन हुने समेत दाबी गरे।

अस्पताल अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले पछिल्लो प्रगति विवरण समेत मन्त्री समक्ष प्रस्तुत गरेका छन् 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update