टीकापुर, पुष १४
टीकापुर नगरपालिका–६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः कपुरसिँह कडायत निर्विरोध निर्वाचित भएका छन । संस्थाको आज सम्पन्न १५ साधारण सभाले कडायतको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा युवककुमार नायक, सचिवमा ओपेन्द्र खड्का र कोषाध्यक्षमा नृपबहादुर कडायत चयन भएका छन । साधारण सभाले संस्थाको सञ्चालक समिति सदस्यहरुमा धनबहादुर बुढा, टीकाराम उपाध्याय, ओमप्रसाद भट्टराई, श्रीपाल चौधरी, फूलराम डगौरा, शान्ति बुढाथोकी, पहलसिँह धामी र श्रवण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।
त्यस्तै लेखा समिति संयोजकमा बासुदेव कोइराला, सदस्यहरुमा लालबिर चौधरी र गोपी धामी चयन भएको नवनिर्वाचित उपाध्यक्ष नायकले जानकारी दिएका छन । उनका अनुसार सहसचिवमा भने सहमति जुट्न सकेको छैन । सहमतिको प्रयास भैरहेको छ ।
संस्थाको साधारण सभाको उद्घाटन समारोहको प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु रहेका थिए ।