Hamro Patra
सहिद स्मृतिको अध्यक्षमा पुनः अधिकारी

टीकापुर, पुष १४
सहिद स्मृति जनस्वास्थ्य सहकारी संस्थाको अध्यक्षमा योजना अधिकारी पुनः निर्विरोध निर्वाचित भएकी छन ।

संस्थाको आज सम्पन्न १३ औं चुनावी साधारण सभाले अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चेतमान शर्मा, सचिवमा सीता खनाल, कोषाध्यक्षमा रामप्रसाद ढुंगाना र सहसचिवमा जानकी खत्री कुँवर चयन भएका छन ।

CMA Staff

त्यस्तै साधारण सभाले पुष्पराज उपाध्याय, द्रोपती तिमिल्सिना, टेकप्रसाद लम्साल र बालिका सुवेदीलाई संस्थाको सदस्यमा चयन गरेको छ ।

संस्थाको लेखा समिति संयोजकमा रामप्रसाद चौधरी र सदस्यद्वयमा राधिका रावल र कौशल्या खनाल चयन भएका छन ।

यसअघि सम्पन्न संस्थाको साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह रहेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update