प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक
काठमाण्डौं, पुष १४
बालकुमारी घटनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन ।
शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो ।
सो विषयमा छलफल गर्न प्रधानमन्त्रीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन । बैठक दिउँसो साढे २ बजे बस्नेछ ।
यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बनाएर बालकुमारी घटनाबारे जानकारी लिएका थिए ।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० १३:१२
प्रतिक्रिया दिनुहोस्