Hamro Patra
फोहोर दौड प्रतियोगिता सम्पन्न

टीकापुर, कात्तिक १६
नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम टीकापुरको आयोजनामा आज फोहोर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा एकेन्द्र कुँवर प्रथम, मोहन उपाध्याय दोस्रो र शिव मोहन लोनियार तेस्रो भएका छन । उनीहरुलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका–१ स्थित अस्पताल लाइनमा आयोजना भएको प्रतियोगितामा सहभागी फोहोर संकलन गर्दै दौडिएका थिए । उनीहरुले तोकिएको झोलामा निर्धारित क्षेत्रबाट सबैभन्दा धेरै फोहोर संकलन गर्नुपर्ने प्रावधान थियो ।

फोहोर संकलन गरेको आधारमा प्रतिस्पर्धीहरुबाट विजेता छनौट गरिएको दीपक धितालले जानकारी दिए । प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको एक समारोहकाबीच टीकापुर नगरपालिकाका उपप्रमुख केशरी रावल बिष्टले उद्घाटन गरेकी थिईन ।

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update