Hamro Patra
सुदूरपश्चिमसँग गण्डकी पराजित
Khadga Memorial And Janajagriti

काठमाडौँ, पुष १४
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशसँग २४ रनले पराजित भएको छ । १ सय २८ रनको लक्ष्य पाएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो ।

गण्डकीका लागि सुमन खतिवडाले नटआउट रहँदै ४८ बलमा ४९ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् । ओपनर सिमाना केसी १९ रन बनाएर रिटायर्ड हर्ट भइन् भने सिर्जना पौडेल र ज्यात्सिनिका मारासिनीले १५–१५ रनको योगदान दिए । सुदूरपश्चिमका लागि रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । टोलीका लागि सम्झना खड्काले सर्वाधिक २६ रन बनाइन् भने कप्तान रितुले २१ रनको योगदान दिइन् । रनआउट हुनअघि रेवती धामीले १८ तथा लक्ष्मी साउदले १६ रन बनाइन् ।
सुदूरपश्चिमले २० रन एक्सट्रा पाएको थियो । जुन रन खेलमा निर्णायक बन्यो । गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले २–२ विकेट लिइन् ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update