Hamro Patra
टीकापुरका डाक्टर शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

काठमाडौं, पौष ९

एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार टीकापुरका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्राप्त गरेका छन् ।

CMA Staff

पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा एक कार्यक्रमका बिच गतवर्षका बिजेता डा. शेरबहादुर पुनले डा. शाहीलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२३’ प्रदान गरेका हुन् । सो पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्रपत्र छ ।

यसअघि पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम क्यालिफोर्नियामा गत ५ डिसेम्बरमा बसेको एसोसिएशनको सचिवालय बैठकले डा. शाहीलाई यसवर्षको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारद्वारा सम्मान गर्ने निणर्य गरेको थियो ।

एनआरएनएले डा. शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा अहोरात्र खटेको कामको मूल्यांकन गर्दै यो पुरस्कारप्रदान गरेको जनाएको छ ।

टीकापुरस्थित खड्ग मेमोरियल बोर्डिङ स्कुलबाट एसएलसी उत्तीणर् गरेका डाक्टर शाही क्यान्सर रोगको विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update