Hamro Patra
महिला स्वास्थ्य स्वयम्सेविकालाई मोवाइल वितरण

टीकापुर, कात्तिक १५
टीकापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मोवाइल वितरण गरेको छ । आज एक समारोहकाबीच नगरपालिका भित्रका १२० जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मोवाइल वितरण गरिएको छ ।

नगरप्रमुख तपेन्द्रबहादुर रावल, उपप्रमुख केशरी रावल बिष्ट, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मोवाइल वितरण गरेका थिए ।

Khadga Memorial And Janajagriti

मोवाइल वितरण गर्दै नगरप्रमुख रावलले नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको बताए । उनले आफू गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य प्रति सजग रहेको बताए ।

सो अवसरमा बोल्दै उपप्रमुख बिष्टले महिला स्वास्थ्य स्वयम्सेविकाका सेवा सुविधा वृद्धि गर्ने तर्फ नगरपालिका प्रयासरत रहेको बताईन । उनले मातृ तथा बालबालिकाको स्वास्थ्यको जिम्मेवारी महिला स्वास्थ्य स्वयम्सेविकाका काँधमा रहने गरेको बताईन ।

गर्भवती र सुत्केरी महिलाहरुको बारेमा रेकर्ड राख्नका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मोवाइल प्रदान गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update