Hamro Patra
गौशालाको स्तरोन्नतिका लागि भएको महायज्ञको हिसाब सार्वजनिक

टीकापुर, पौष ८

सामुदायिक पशु चौपायाहरुको व्यवस्थापन गर्दै आएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले मंसिर १६ गतेदेखि २४ गतेसम्म सञ्चालित गौशाला ज्ञान विज्ञान धार्मिक महामहोत्सवको हिसाब सार्वजनिक गरेको छ ।

CMA Staff

आयोजक समितिले टीकापुरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा भएको आम्दानी, खर्च तथा वचत सम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा महायज्ञमा भएको खर्चबारे जानकारी दिँदै संयोजक द्धारिकाप्रसाद जोशीले १७ लाख ४४ हजार ९ शय ९६ रुपैयाँको आयव्यय सार्वजनिक गरे ।

‘हामीले महायज्ञबाट १७ लाख ४४ हजार ८ शय ९६ रुपैयाँ आम्दानी गरेका छौं, विभिन्न शीर्षकमा ८ लाख २८ हजार ८ शय ९२ रुपैयाँ खर्च भएको छ’ संयोजक जोशीले भने ‘जिन्सी सामानबाहेक ९ लाख १६ हजार १ शय ४ रुपैयाँ बचत भएको छ ।’

महायज्ञमा दानवीरहरुले गरेको इट्टा, सिमेन्ट, पराल, जस्तापाता, टायल, खर लगायतका जिन्सी सामानहरु रहेको जोशीले बताए । महायज्ञमा ४ शय ३२ जनाले रसिद काटेर जान गरेका थिए ।

महायज्ञबाट संकलित रकमले तत्काल सामुदायिक पशुचौपायाका लागि गोठ निर्माणको कार्य समेत शुरु गरिएको जोशीले बताए । 

पत्रकार सम्मेलनमार्फत् महायज्ञमा सहयोग गर्ने सबैलाई मकर केसीले धन्यवाद दिए । गाईको व्यवस्थापनका लागि भएको महायज्ञले गाईको व्यवस्थापनमा सहयोग पुग्ने केसीले बताए । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update