Hamro Patra
१०३ पटकका रक्तदाता नेपाल सम्मानित

टीकापुर, पौष ६

सुदूरपश्चिम प्रदेशकै सर्बाधिक रक्तदाता सञ्चारकर्मी दीपक उपाध्याय नेपाललाई धनगढीमा सम्मान गरिएको छ ।

CMA Staff

उनलाई ‘एनआरएनए छैटौं फारवेस्ट पशुपति कप’ उद्घाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सम्मान गरेका हुन् ।

‘रक्तदान जीवनदान भन्ने मुलमन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि स्वतःस्फूर्त रूपमा हालसम्म १०३ पटक रक्तदान गर्नुका साथै रक्तदानको विषयलाई सामाजिकीकरण एवं जागरण गराउने कार्यमा योगदान’ पुर्‍याएका कारण नेपाललाई सम्मान गरिएको हो ।

उनको अतुलनीय योगदानको उच्च मूल्यांकन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update