टीकापुरको एक मेडिकलमा प्रहरीको छापा
टीकापुर, पौष ७
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा अवैध रुपमा सञ्चालित एक मेडिकलमा प्रहरीले छापा हानेको छ । टीकापुर-खक्रौला सडकखण्डमा रहेको न्यू आलोक टे्रडर्सको भित्रपट्टी अवैध रुपमा सञ्चालित मेडिकलमा प्रहरीले छापा हानेको हो ।
नेपाल प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले स्थानीय ४७ वर्षीय दुर्गाप्रसाद कुश्मीले सञ्चालन गरेको मेडिकलमा छापा हानेको हो । मेडिकलको बाहिर न्यू आलोक टे्रडर्सका नाममा मदिरा, किराना पसल सञ्चालनमा छन् । मेडिकल दर्ता नभएको प्रहरीको दाबी छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले अवैध रुपमा सञ्चालनमा आएको मेडिकलमा प्रदेश प्रहरीको टोलीले छापा हानेको बताउँदै थप अनुसन्धान भइरहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १४:१२
प्रतिक्रिया दिनुहोस्