Hamro Patra
अवैध सामान बरामद

टीकापुर, पौष ६

कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मौरनियाँबाट प्रहरीले झण्डै दश लाख बराबरको अवैध सामान पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले मौरनियाँस्थित एक घरमा लुकाई छिपाई राखेको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको हो ।

CMA Staff

प्रहरीका अनुसार बरामद सामानमा ४३ बोरा प्याज, ६० पोका स्यामल सुर्ती, ६ पेटी चक्लेट, ३ बोरा खुर्सानी, ३ कठ्ठा ललिपप, १ कठ्ठा सिन टोबाको बरामद गरेको हो ।

प्रहरीले अटोमा लोड गरिरहेको अवस्थामा अटोचालक र घरधनीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

पक्राउ गरिएको सामान सत्ती भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update