Hamro Patra
बसको ठक्करबाट घाईते बालकद्वयको मृत्यु, आफन्तद्वारा विरोध प्रदर्शन

टीकापुर, कात्तिक १५
बसको ठक्करबाट घाईते बालकद्वयको मृत्यु भएपछि आफन्त विरोधमा उत्रिएका छन । मृतकद्वयका आफन्तको विरोधले पूर्वपश्चिम राजमार्ग अन्र्तगत बौनियाँ सडक खण्डको आवागमन सेवा अवरुद्ध भएको छ ।

यातायात र मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । इलाका प्रहरी कार्यालय बौनियाँका इञ्चार्ज ध्रुव बिष्टले मृतकद्वयका आफन्त विरोधमा उत्रिएको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

हिजो साँझ ५ बजे बदैगोरीया गाउँपालिका–१ बौनियाँ नजिकै महेन्द्रनगरबाट काठमाण्डौं गैरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा साइकलमा सवार दुईजना बालक घाईते भएका थिए ।

घाईते मध्ये बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यात्रुबाहक बसको ठक्करबाट गम्भिर घाईते भएका बालकद्वयलाई बर्दगोरीया अस्पतालले थप उपचारका लागि रिफर गरेको थियो । उनीहरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

तस्विरः अमृत वली धनुषको फेसबुकबाट

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update