Hamro Patra
उद्योग वाणिज्य संघ अछामका अध्यक्ष कडायतको निधन

टीकापुर, पौष ५

अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयघातका कारण हिजो साँझ निधन भएको छ । हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याइएका कडायतलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

CMA Staff

साँफेबगर नगरपालिका वडा नं. ८ निवासी कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए । लामो समयसम्म उद्योग वाणिज्य संघको कार्वबाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष चयन भएका थिए ।

कडायतको मृत्युको शोकमा अछामभरिका बजार क्षेत्र आज बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए ।

यता, टीकापुर उद्योग वाणिज्य संघले शोक विज्ञप्ति प्रकाशित गरी कडायतको निधनप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाद्धारा जारी विज्ञप्तिमा कडायतको निधनले सुदूरपश्चिमको निजी क्षेत्रले क्षति व्यहोरेको उल्लेख छ ।

‘हामीलाई सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रको विकास र विस्तारको अभियानमा एक जुझारु र सशक्त व्यक्तिको अभाव सदैव रहनेछ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update