Hamro Patra
एलपीएल:  क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

धनगढी, मंसिर २७

कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन् ।

समुह ‘डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समुह ‘बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित ग¥यो ।

Khadga Memorial And Janajagriti

आजको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई ३ विकेटले पराजित ग¥यो । जेएस स्पोर्ट्स–११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सीलेन्स सेन्टरले ७ विकेट गुमाएर १८.५ ओभरमा पूरा ग¥यो ।

क्रिकेट एक्सीलेन्स सेन्टरको लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए भने अर्जुन घर्तिले २२, राज कुमार शाहले २० तथा सचिन लेखकले १९ रन बनाए ।

जेएस स्पोर्ट्स–११ का बलर साजन बिटालुले ३, विकास सुनारले २ तथा भरत बिस्ट र खगेन्द्र महराले १÷१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्ट्स–११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट क्षतिमा १३१ रन बनायो ।

जेएस स्पोर्ट्स–११ को लागि राज बमले अर्धशतकीय योगदान दिने क्रममा ६१ रन बनाए । उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । विकास सुनारले २२, सुनिल चन्दले १६ तथा साजान बिटालुले १४ रन बनाए ।

प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए । मनोज यादवले २ तथा दयानन्द मण्डल र राज कुमार शाहले १÷१ विकेट लिए ।

समुह ‘डी’ बाट यस अघि नै तीनवटै खेलमा जितको साथ सत्यवती एकेडेमी समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ । क्रिकेट एक्सीलेन्स सेन्टर दोश्रो चरण प्रवेश गर्न असफल रह्यो जसले ३ खेलमा २ जित र १ हार बेहो¥यो ।

आजको दोश्रो खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई २ रनले पराजित ग¥यो । कैलाली मल्टिपलले दिएको १५० रनको लक्ष्य पछ्याएको शारदा सेकेण्डरी स्कुलले पुरै २० ओभर ब्याटिङ गर्दै १४७ रन बनायो ।

शारदा सेकेण्डरी स्कुलको लागि दुई ब्याट्सम्यान शंकर बोहरा र सुशान्त कार्कीले अर्धशतक बनाएता पनि जितको लागि पर्याप्त भएन । शंकरले ४३ बलमा ६ चौका मद्दतले ५० रन तथा सुशान्तले २८ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ५१ रन बनाए। कैलालीको बलिंगमा दिपक कपडेल, लोकेन्द्र खनाल र पारस रोकायाले १÷१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको कैलाली मल्टिपल क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । कैलालीको लागि अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रोशन रावलले २९, लोकेन्द्र खनालले २१ तथा प्रविन सिंह ठकुरीले १५ रन बनाए ।

शारदा सेकेण्डरी स्कुलका सुनिलबहादुर सिंहले ३, अभिषेक मल्लले २ तथा सुनिल सिंह, विश्वास पन्त र सलिन बोहराले १÷१ विकेट लिए ।

समुह ‘बि’ बाट युथ अफ टीकापुर तीन वटै खेलमा जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । कैलाली मल्टिपल क्याम्पसले तीन खेलमा १ जित मात्र हात पार्न सक्यो भने शारदा सेकेण्डरी तिन वटै खेलमा पराजित भयो ।

प्रतियोगिताको सेमीफाइनल पुग्ने तिन टिमको टुंगो लागिसकेको छ । समुह ‘बि’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

सेमीफाइनल पुग्ने अन्तिम टिमको टुंगो बुधबार धनगढी स्पोर्ट्स क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टर बीचको खेलपछि लाग्नेछ । उक्त खेलमा धनगढी स्पोर्ट्स क्लब विजयी भए सेमीफाइनल प्रवेश गर्नेछ भने धनगढी पराजित भएको खण्डमा धनगढी र शुक्लाफाँटा ब्ल्याकबक्स बीच नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

समुह ‘ए’ का अन्य दुई टिम कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरको सेमीफाइनल पुग्ने सम्भावना समाप्त भैसकेको छ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update