Hamro Patra

टीकापुर, कात्तिक १४
कैलालीमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन ।

घोडाघोडी नगरपालिका–२ साढेपानीमा बिहान १० बजे भएको मोटरसाइकल दुर्घटनामा ४६ वर्षका देवीराम आचार्यको ज्यान गएको छ । उनी सवार से ७ ज ८५५० र लोकेन्द्र गुरुङले चलाएको अनटेष्ट मोटरसाइकल एकापसमा ठोक्किएका थिए । उनी सवार मोटरसाइकल चलाउने इन्द्र आचार्य र अर्को मोटरसाइकल चालक गुरुङ घाईते भएका छन ।

Khadga Memorial And Janajagriti

त्यस्तै साँझ ५ बजे बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा यात्रुवाहक बसले साइकलमा सवार दुई बालकलाई ठक्कर दिएको छ । महेन्द्रनगरबाट काठमाण्डौं गैरहेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा साइकलमा सवार दुई बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष बस्नेतले जानकारी दिएका छन ।

घाईते हुनेमा बर्दगोरीया गाउँपालिका– १ का ८ वर्षका अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरी हुन । बर्दगोरीया अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ । उनीहरुको अवस्था गम्भिर रहेको बताईएको छ ।
साइकललाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update