Hamro Patra
विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चको आर्थिक सहयोग

टीकापुर, मंसिर २७
नेकपा एमाले समर्थित प्रवासी नेपाली मञ्चले इजरायलमा हमासको आक्रमणमा परेर निधन भएका विद्यार्थीहरुका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

मञ्चले संकलन गरेको १५ लाख २० हजार रुपैयाँ आज टीकापुरमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । नेकपा एमाले टीकापुर नगर कमिटी अध्यक्ष धु्रवराज खत्रीका अनुसार प्रति परिवार १ लाख ४० हजारका दरले दशै जनाका परिवारलाई चेक हस्तान्तरण गरिएको छ । उनले कुल रकम मध्ये बचेको १ लाख २० हजार रुपैयाँ घाईतेका परिवारलाई प्रदान गरिने जानकारी दिए ।

CMA Staff

सो रकम मञ्चमा आवद्ध नेपाल भन्दा बाहिर रहेका व्यक्तिहरुले संकलन गरेका हुन । उनीहरुले मृतक विद्यार्थीका अभिभावक टीकापुर आएको बेला रकम हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरण गर्न मञ्चकी केन्द्रिय सचिवालय सदस्य डा. विमला भण्डारी टीकापुर पुगेकी थिईन ।

नगर कमिटी अध्यक्ष खत्रीको अध्यक्षतामा भएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य गौरी शंकर चौधरी, जिल्ला अध्यक्ष दुर्गा जोशी, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तपेन्द्र रावल, श्याम खत्री, कमला केसी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update