Hamro Patra
टीकापुरमा पहिलो पटक मोडल क्विस्ट सम्पन्न

टीकापुर, कात्तिक १०
टीकापुरमा पहिलो पटक आयोजित मोडल क्विस्ट २०१९ को उपाधी मेलतर्फ नेत्र ठकुल्ला र फिमेलतर्फ कोहिनुर आलेले जितेका छन । अन्तिम चरणमा प्रवेश गरेका २१ प्रतिस्पर्धी मध्ये १३ जना मेलबाट ठकुल्ला र ६ जना फिमेलबाट आले विजेता छानिएका हुन ।

मेलतर्फको फस्ट रनर अप अनिष नेपाली र सेकेण्ड रनर अप तपेन्द्र शाही तथा फिमेलतर्फको फस्ट रन अप पूजा शाही र सेकेण्ड रनर अप नेहा साहु भएका छन ।

Khadga Memorial And Janajagriti

त्यसैगरी विभिन्न छ वटा सब टाइटलमा मिल ट्यालेन्ट नेहा साहु र मिस्टर ट्यालेन्ट नेत्र ठकुल्ला, वेष्ट वाक फिमेलतर्फ कोहिनुर आले र मेलतर्फ हिमाल बोहरा, वेस्ट पर्सनालिटी फिमेलतर्फ पूजा शाही र मेलतर्फ हिमाल बोहराले जितेका छन ।

मिस फोटो जेनिक विपना रावल र मिस्टर फोटो जेनिक तपेन्द्र शाही, मिस पपुलर प्रमिला शाही र मिस्टर पपुलर मुकेश बम, वेस्ट डेस फिमेल पूजा शाही र वेस्ट डेस मेल अरुणसिँह जैगडी तथा मोस्ट डिसिप्लेन फिमेलतर्फ पूजा विक र मेलतर्फ सन्तोष घर्तीमगरले जितेका छन ।

प्रतियोगिताको जुरी मेम्बरमा सुशान्त काजी श्रेष्ठ, वर्षा रावत र सुभाष श्रेष्ठ रहेका थिए । प्रतियोगिताको नेपाल इन्स्टिच्यूट अफ फेशनले आयोजना गरेको थियो । आफ्नो जन्मथलोलाई सम्झेर प्रतियोगिता आयोजना गरेको प्रोग्राम कोअर्डिनेटर त्रिलोक विक्रम थापाले बताए । टीकापुरका युवा थापा हाल मोडलिङ क्षेत्रमा संलग्न छन ।

प्रतियोगिताको प्रायोजन यामाहाले गरेको थियो । टीकापुर नगरपालिकाका उपमेयर केशरी रावल बिष्टले प्रतियोगिताको एक समारोहकाबीच उद्घाटन गरेकी थिईन ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update