टीकापुर, मंसिर २१
टीकापुर बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको पदस्थापन सम्पन्न भएको छ । मंसिर १६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि अध्यक्षमा भरत रावललाई सर्वसम्मत चयन गरेको थियो ।
सभाले उपाध्यक्षमा धु्रवबहादुर रावल, सचिवमा पुष्पराज के.सी, कोषाध्यक्षमा लक्ष्मण थापालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा योगेश रावल, प्रकाश शाह, निर्मला, लक्ष्मी विष्ट, बिमला शाह सर्वसम्मत रुपमा चयन भएका छन् ।
सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा वीरेन्द्र रावललाई चयन गरेको छ । समितिको सदस्यहरुमा जनक बटाला र रचना गिरीलाई चयन गरेको थियो ।
संस्थाका नितर्वमान अध्यक्ष महेशप्रसाद कुश्मीले नवनिर्वाचित अध्यक्ष रावललाई निणर्य पुस्तिका हस्तान्तरण गरेका हुन् । निर्वाचन समितिका संयोजक रघुनाथ उपाध्यायले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।