Hamro Patra
राकमदेखि दौलतपुरसम्म र्याफ्टिङ दौड हुने

काठमाडौं, मङ्सिर १८

नेपालकै लामो नदी कर्णालीमा अन्तर्राष्ट्रियस्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ हुने भएको छ । आगामी मार्च ८ देखि १३ तारिखसम्म दैलेखको राकम कर्णालीदेखि टीकापुरको दौलतपुर घाटसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

CMA Staff

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुन लागेको हो ।

नाराले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको जनाएको छ ।
प्रतियोगितामा १६ टिमको लागि फेब्रुअरी ५ देखि २४ सम्म आवेदन खुला गरिएको छ । अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय टिमको सहभागिता हुने निश्चित भइरहेको पनि आयोजकले जनाएको छ ।

द ग्रेट कर्णाली क्वेस्ट दैलेख जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ ।

पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले विश्वका देशहरू राफ्ट दौडको लागि कर्णालीमा आँखा लगाई रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्राण्ड, आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने बताए ।

अध्यक्ष आलेका अनुसार द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुनेछ । उनले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने बताए । उनले द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताए । उनले द ग्रेट कर्णाली क्वेस्टको लाइभ समेत गरिने जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update