Hamro Patra
सीमा क्षेत्रबाट दुईवटा ट्रक नियन्त्रणमा

टीकापुर, कात्तिक ८
प्रहरीले मरीयाघाटबाट आज बिहान ८ बजे दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भजनीको टोलीले तस्करीमा संलग्न रहेको आशंमा ट्रक नियन्त्रणमा लिएको हो ।

भजनी नगरपालिका–३ मरीयाघाटबाट बा ८ ख १८४० र ना ६ ख ५७६१ नम्बरका दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नियन्त्रणमा लिएका दुईवटै ट्रकमा पराल लोड गरेको भेटिएको छ । पक्राउ परेकाहरुले पराल लोड गर्न गएको बयान दिएको इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनकबहादुर धामीले जानकारी दिए । ‘ट्रकमा आधा पराल छ । उनीहरुले पनि पराल लोड गर्न गएको भनेका छन’ उनले भने–‘अनुसन्धान भैरहेको छ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।’

Khadga Memorial And Janajagriti

तर स्थानीयले ती ट्रक तस्करीको सामान पु¥याएर फर्किने अवस्थामा पक्राउ परेको बताएका छन । उनीहरुका अनुसार ट्रक राति करिव १२ बजेतिर मरीयाघाट पुगेका थिए । स्रोतका अनुसार अरुको आँखा छल्न तस्करहरुले नै रित्तो ट्रक फर्काउनु भन्दा पराल भरेर फर्काएका थिए ।

स्थानीयले केही दिन यता नेपालतर्फबाट विभिन्न सामानहरु भारततर्फ तस्करी भैरहेको बताएका छन । पछिल्लो केही समय यता तेस्रो मुलुकबाट नेपाल भित्रिएका सामान भारततर्फ तस्करी भैरहेको स्रोतको दावी छ ।

यसरी तस्करी भैरहेका सामानहरुमा छोहोरा, सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ लगायत छन । खासगरी भारतले प्रतिबन्ध लगाएका सामानहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हुँदै भारत तस्करी हुने गरेको स्रोतको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update