Hamro Patra
अशक्तलाई घरमै नागरिकता

टीकापुर, मंसिर १७

कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका वडा नं. ३ कुटीकी ५१ वर्षीय पूणर् अशक्त एक महिलालाई इलाका प्रशासन कार्यालय टीकापुरले घरमै गएर नागरिकता दिएको छ ।

कुटीकी डम्बराकुमारी अखिल खत्रीलाई इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी राना नेतृत्वको टोलीले घरमै पुगेर शुक्रवार नागरिकता दिएको हो ।

Khadga Memorial And Janajagriti

वि.सं. २०२८ सालमा जन्मिएकी उनी जन्मजात नै बोल्न सक्दिनन् । उनका दुबै खुट्टा चल्दैनन् । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ४ एकली पुख्र्यौली घर रहेकी उनका बुवा, आमा छैनन् । मामा दिपक सापकोटाको घरमै जन्मिएकी उनी त्यसयता भजनीमै मामासँगै बस्दै आएका छन् ।

‘हाम्रा घरमै जन्मिएकी हुन्, उनी तीन वर्षको नहुँदै उनका आमा बुवा दाङ जानु भयो, उतै बित्नु भयो’ मामा सापकोटाले भने ‘अपाङ्गता भएकी हुनाले समेत बुवा आमाले हाम्रा घरमा छोड्नु भएको हो ।’

सरकारले सामाजिक सुरक्षा भत्ताका रुपमा उपलब्ध गराउँदै आएको अपाङ्गताको मासिक भत्ता नागरिकता नहुँदा साउनदेखि रोकिएको थियो । ‘भाञ्जीको नागरिकता नभएपछि सामाजिक सुरक्षा भत्ता रोकियो’ सापकोटाले भने ‘हामीले वडाध्यक्षलाई आग्रह गरेका थियौं, उहाँले इलाका प्रशासनसम्म पुगेर सबै काम गरिदिएपछि नागरिकता घरमै पाएका छौं ।’

साउन महिनादेखि भत्ता नपाउँदा दुःखित भएकी उनी घरमै नागरिकता पाउँदा दङ्ग परिन् । सापकोटाका छिमेकी बुद्धिसिंह पाण्डेले गाउँलेले समेत मुचुल्का गरेर कागजात पुर्याएपछि घरमै नागरिकता पाएको बताए ।

‘नागरिकता नपाउँदा दुःखित भएकी उनी घरमै नागरिकता पाउँदा निकै खुशी भएकी हुन्’ पाण्डेले भने ‘यिनै मामाकै घरमा जन्मिएकी हुन्, हाम्रा अगाडि हुर्किएकी हुन्, नागरिकता नहुँदा भत्ता समेत रोकिएको थियो ।’

भजनी नगरपालिका वडा नं. ३ का अध्यक्ष बिक्रम चौधरीले पूणर् रुपमा अपाङ्ग, अभिभावकविहीन उनलाई नगारिकता दिलाउन एक महिनादेखि लागेको बताए । उनका मामा सापकोटा र वडाध्यक्ष चौधरीले नै उनलाई नागरिकता दिलाउन सनाखत गरेका हुन् ।

‘पूणर् रुपमा असशक्त भएकी उनको नागरिकता नहुँदा भत्ता समेत रोकिएपछि मैले नै पहल गरेर सबै कागजात तयार गरी प्रशासनसम्म पुगेको थिएँ’ वडाध्यक्ष चौधरीले भने ‘उहाँको अवस्था र समस्या बुझेपछि इलाका प्रशासन कार्यालयका प्रमुख राना सरको टोली घरमै आएर नागरिकता दिएको हो ।’

इलाका प्रशासन कार्यालयका प्रमुख रानाले तीनपुस्ते कोही नहुँदा मामा र वडाध्यक्षलाई सनाखत गरेर घरमै नागरिकता दिएको बताए ।

‘भजनीमै जन्मिएकी, सनाखत गर्ने कोही पनि नभएपछि मामा र वडाध्यक्षलाई नै सनाखत गराएका छौं’ रानाले भने ‘उनको जीविकोपार्जनका लागि आउने भत्ता समेत रोकिएको थियो, पूणर् रुपमा असक्त भएपछि सबैतिर बुझेर घरमै नागरिकता दिएका हौं ।’

हरेक नागरिकको नागरिकता प्राप्त गर्ने अधिकार भएको बताउँदै कार्यालय प्रमुख रानाले हालसम्म नागरिकता नपाएकी उनलाई भत्ताकै लागि भए पनि सम्पूणर् कागजात पुर्याएर नागरिकता दिएको बताए ।

‘हरेक नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकार हुन्छ, पूणर्रुपमा असक्त रहेकी उनको भत्ता रोकिएको रहेछ’ प्रमुख रानाले भने ‘वडाध्यक्ष, स्थानीयको मुचुल्का लगायतका कागजात बनाएर घरमै आएर दिएका हौं ।’

पूणर् रुपमा अपाङ्गता भएकी उनले घरमै नागरिकता प्राप्त गरेपछि स्थानीयहरु समेत खुशी भएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update