Hamro Patra
जानकीका नापी सर्वेक्षक बमको शव भारतमा फेला

टीकापुर, मंसिर १७

कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक ४१ वर्षीय रमण बम भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन् ।

CMA Staff

उनका आफन्तका अनुसार दश दिनअघि घरबाट औषधी उपचार गर्न भनी गएका बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

उनका आफन्त महेन्द्रसिंह बमका अनुसार बम बेला बेला उपचारका लागि भारत जाने गरेका थिए । ‘पटक पटक भारतमा उपचारका लागि जाने गरेको थियो, दश दिनअघि पनि उपचारकै लागि गएको हो’ बमले भने ‘शुक्रवार एक्कासी मोटरसाइकल भेटिएको खबर आयो, शनिवार शव नै फेला पर्यो ।’

शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिवार राति नै शव टीकापुर अस्पतालमा पुर्याइएको छ । मृतक बम साविक पथरैया गाउँ विकास समितिका अध्यक्ष टेकबहादुर बमका छोरा हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update