Hamro Patra
टीकापुर बचतको अध्यक्षमा रावल

टीकापुर, मंसिर १६

टीकापुर बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा भरत रावल चयन भएका छन् । आज टीकापुरमा सम्पन्न भएको १५औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि अध्यक्षमा रावललाई चयन गरेको हो ।

सभाले उपाध्यक्षमा धु्रवबहादुर रावल, सचिवमा पुष्पराज के.सी, कोषाध्यक्षमा लक्ष्मण थापालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा योगेश रावल, प्रकाश शाह, निर्मला, लक्ष्मी विष्ट, बिमला शाह सर्वसम्मत रुपमा चयन भएका छन् ।

Khadga Memorial And Janajagriti

सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा वीरेन्द्र रावललाई चयन गरेको छ । समितिको सदस्यहरुमा जनक बटाला र रचना गिरी चयन भएको निर्वाचन समितिको संयोजक रघुनाथ उपाध्यायले जानकारी दिएका छन् ।

यसअघि बन्द सत्रले लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, प्रबन्धकको प्रतिवेदन अनुमोदन गरेको थियो ।

संस्थाको उद्घाटन समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले सहकारीप्रतिको नकारात्मक धारणा कम गर्दै जानुपर्नेमा जोड दिए ।

‘केही सयम यता सहकारीप्रतिको धारणा नकारात्मक हुँदै गएको छ’ सदस्य प्राध्यापक डाक्टर रावलले भने ‘यस्तो अवस्थामा समेत सहकारीले गरेको काम, सदस्यप्रति देखाएको जिम्मेवारीले संस्था प्रगति उन्मुख रहेको देखिन्छ ।’

कार्यक्रममा संस्थापक अध्यक्ष भीमबहादुर रावल, संस्थापक सल्लाहकार राजकुमार हमाल, संस्थापक लेखा सुपरीवेक्षण संयोजक गंगाराम चपाई, नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर के.सी., योगेश रावललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष भीमबहादुर रावल, लेखा सुपरीवेक्षण समितिका संयोजक गंगाराम चपाईलाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ठ बचतकर्ताको रुपमा हरिराम चौधरी, उत्कृष्ठ कर्जाका रुपमा सुरेन्द्र सुतिहार र उत्कृष्ठ कर्मचारीको रुपमा सुरत कुँवरलाई सम्मान गरिएको संस्थाका प्रबन्धक दीपकबहादुर थापाले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update